मधेश प्रदेशसभाको बैठक शुरु

सभामुखमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुँदै


जनकपुरधाम, मंसिर ३ । सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएकोक अविश्वासको प्रस्तावमाथि छलफल गर्न मधेश प्रदेशसभाको बैठक शुरु भएको छ।

बैठक दिउसो १ बजेको लागि डाकिएको भएपनि प्रदेश सभा सचिव अनुपस्थित रहेको कारण ढिलो भएको थियो ।

प्रदेश सभा सचिव बासुप्रसाद कोइराला ३ बजे प्रदेशसभामा उपस्थित भएपछि सभाको बैठक करिब साढे तीन बजे शुरु भएको हो ।

आजको बैठकको कार्यसूचिमा सभामुख मण्डल माथिको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णयार्थ प्रस्तुत गर्ने तालिका राखिएको छ।
बैठकको शुरुमै एमालेका प्रदेशसभा सदस्य शारदा थापाले बैठकमा सरकारको उपस्थिति नरहेको भन्दै नियमापति जनाएका छन ।

उनको जवावमा उपसभामुख बबिता इस्सरले आजको बैठक प्रदेशसभा संग मात्र सम्बन्धित रहेकोले सरकारको उपस्थिति अनिवार्य नरहेको जानकारी गराएकी छन ।

नियमापति पछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको