बिहारमा पुनः नीतीश कुमार , एनडिए विधायक दलका नेतामा चयन



एजेन्सी, मंसिर ३ । बिहार विधानसभा चुनाव–२०२५ मा एनडिए गठबन्धनले ऐतिहासिक बहुमत हासिल गरेपछि पुनः नितिश कुमार मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

भाजपा र जेडीयू सहित एनडिए गठबन्धनको संयुक्त बैठकले एनडिएको विधायक दलको नेतामा चयन गरेको छ ।

भाजपाको बैठकमा डिप्टी सीएम सम्राट चौधरीलाई विधायक दलको नेता तथा विजय सिन्हालाई उप–नेता चयन गरिएको छ। यी नामहरूमा उत्तर प्रदेशका डिप्टी सीएम केशव प्रसाद मौर्यले अन्तिम मोहर लगाएका थिए।

त्यसैगरि जेडीयूले आज सीएम हाउसमा बसेको बैठकमार्फत नीतीश कुमारलाई पुनः विधायक दलको नेता चयन गरेको छ। पार्टीका नवनिर्वाचित विधायकहरूले सर्वसम्मत रूपमा उनीमाथि भरोसा पुनः व्यक्त गरेका छन्।

बैठकमा चिराग पासवानको एलजेपी, केन्द्रीय मन्त्री जीतनराम माँझी, जेडीयूका सांसद–विधायक , भाजपा नेता र नवनिर्वाचित विधायकहरू
सबैको सहमतिमा नीतीश कुमारलाई एनडिए विधायक दलको नेता चयन गरिएको घोषणा गरिएको छ।

एनडिएका सबै दलहरूबीच भएको सहमतिको अर्थ, चुनावपछिको सत्ता गठनमा नीतीश कुमार पुनः बिहारका मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको बताइन्छ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको