जनकपुरधाम, मंसिर ४ । मधेश प्रदेशका पदमुक्त सभामुख रामचन्द्र मण्डलले आफू कानुनी उपचारमा नजाने बताएका छन् । उनले आज विहान सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गर्दै कानुनी उपचार खोज्ने पक्षमा नरहेको स्पष्ट गरेका छन् ।
हिजो प्रदेश सभाका दुई तिहाई सदस्यले पदिय आचरण विपरीत कार्य गरेको अभियोग लगाउँदै अविश्वासका प्रस्ताव पारित गरेका थिए । सभामुख हुँदा मण्डलले कुनै पार्टी विशेषको इसारामा प्रदेश सभा सञ्चालन गरेको भन्दै मधेश प्रदेश सभाका दुई तिहाई सदस्यले अविश्वासको प्रस्ताव ल्याएका थिए ।
हिजै देखि पदमुक्त सभामुख मण्डल कानुनी उपचारमा जाने चर्चा चले पनि आज विहान उनको पोष्टले सवै आकलनहरुलाई खारेज गरेको छ ।
पदमुक्त सभामुख मण्डलले प्रदेश सभामा दुई तिहाईको दम्भ दलहरुले देखाएको गुनासो गर्दै संविधान विपरीतका कार्यहरु पर्याप्त भएको देखिएको बताए । उनले सामाजिक सञ्जालमा गरेको पोष्टमा भनेका छन्–‘सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध अंक गणितिय खेल हो, गणित संग आचरण दाज्नु पाखण्डिपना हो, नियमावली विपरीत दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो तथापि पनि म कानुनी उपचार खोज्ने पक्षमा छुईन् ।’
पदमुक्त सभामुख मण्डलको यो पोष्टले प्रदेश सभामा हुन सक्ने सम्भावित गतिरोधलाई उनले खुकुलो पारेका छन्




