एमाले युवा जम्मा हुनुअघि माइतीघरमा बसे जेन–जी घाइते



काठमाडौं , मंसिर  ५ । जेन–जी आन्दोलनका घाइते हरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् ।

एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ ।

त्यसलाई रोक्न जेन–जी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।

 

 

प्रकाशित मिति: २०८२ मंसिर ६, शुक्रवार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको