आसन्न निर्वाचनमा मिलेर चुनाव लडने मोर्चाको निर्णय



जनकपुरधाम, मंसिर ६ । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा मोर्चा घटक दलहरु मिलेर चुनाव लडने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको बबरमहल स्थित केन्द्रिय कार्यालयमा आज सम्पन्न मोर्चाको बैठकले मिलेरै चुनाव लडने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जनाएको छ ।

मोर्चाको बैठक पछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरि आसन्न निर्वाचन , स्वच्छ, भयरहित हुने वातावरण निर्माण गर्न सरकार संग मांग समेत गरेका छन ।

मधेशको मुद्दाहरुमा समान धारणा बनाउदै सरकार लाई दवाव दिने उद्देश्यले गठित मधेश आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका सात दलको मोर्चा निर्वाचनमा समेत एकजुट भएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर ६, शनिबार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको