जी–२० शिखर सम्मेलनमा युक्रेन युद्ध अन्त्यबारे छलफल, अमेरिकी शान्ति योजनामा युरोपको असहमति



जनकपुरधाम, मंसिर ७ । दक्षिण अफ्रिकामा सम्पन्न भएको जी–२० शिखर सम्मेलनमा युक्रेन–रूस युद्ध अन्त्य गर्ने विषयमा अहम छलफल भएको छ। युरोपेली नेताहरूले अमेरिकी प्रस्तावित शान्ति योजनाबारे गम्भीर चासो र असहमति जनाएका छन्।

ब्रिटेन, फ्रान्स र जर्मनीका नेताहरूले बलपूर्वक अथवा दबाब दिएर युक्रेनको सीमा परिवर्तन गर्नु अस्वीकार्य हुने बताएका छन्। उनीहरूको भनाइमा युक्रेनलाई सहभागी नगरि कुनै पनि शान्ति सम्झौता गर्नु न्यायसंगत हुँदैन।

युरोपेली नेताहरूको छुट्टै बैठक जोहानिसबर्गमा हुने जनाइएको छ। यद्यपि, २८ बुँदे शान्ति प्रस्तावमा युक्रेन र उसका अधिकांश सहयोगी देशहरू असहमत छन्। तर इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भने अमेरिकी योजनालाई कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा राखेकी छन्।

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्रस्तावित योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समयसीमा दिएका छन्। यदि योजना अस्वीकार गरिएमा युक्रेनलाई हतियार तथा गुप्तचर सूचना दिन बन्द गरिने चेतावनी समेत दिइएको छ।

तर युक्रेन र युरोपेली मुलुकहरूको बुझाइमा उक्त शान्ति योजनाले केवल रूसको हितलाई प्राथमिकता दिएको छ। योजनामा रूसलाई कब्जामा लिएका डोनेट्स्क र लुहान्स्क क्षेत्र नियन्त्रणमा राख्न दिनु, युक्रेनी सेनाको आकार घटाउनु, नाटो सदस्यता त्याग गर्नु र युद्धपछि युक्रेनमा युरोपेली सेना नतैनाथ गर्ने जस्ता शर्तहरू समावेश छन्।

पुटिनको प्रतिक्रिया

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त योजनाले युक्रेनमा स्थायी शान्ति ल्याउन सक्ने बताए। यही विषयमा आफ्नो धारणा स्पष्ट पार्न युक्रेनी प्रतिनिधिमण्डल छिट्टै पूर्व रक्षामन्त्री रुस्तम उम्मेरोभको नेतृत्वमा स्विट्जरल्यान्ड जाने तयारीमा रहेको छ। जिनेभामा अमेरिकी अधिकारीहरूसँग बैठक हुने सम्भावना छ।

प्रकाशित मिति: २०८२ मंसिर ७, आईतवार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको