राष्ट्रिय सभा गृहबाट प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा



काठमाडौँ ,मंसिर ७ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो।

पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ । यस्तै पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी९नयाँ शक्ति०, जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो ।

 

प्रकाशित मिति: २०८२ मंसिर ८, आइतवार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको