एनपीएलमा सट्टेबाजी : पक्राउ परेकाले २ करोडको कारोबार गरेको भेटियो



काठमाडौं ,मंसिर ८ । नेपाल प्रिमियर लिग(एनपीएल)मा बेटिङ(सट्टेबाजी) गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको छ ।

दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।

उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।

 

प्रकाशित मिति: २०८२ मंसिर ९, सोमवार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको