जनकपुरको उत्कृष्ट बलिङमा १३५ रनमा रोकियो विराटनगर किंग्स



काठमाडौं ,मंसिर ८ । जनकपुर बोल्ट्सका बलरहरुले उत्कृष्ट प्रदरश्न गरेपछि नेपाल प्रिमियर लिग अन्तर्गत अहिले भइरहेको खेलमा विराटनगर किंग्स १३५ रनमा रोकिएको छ ।

यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट गुमाएर जनकपुरबोल्टस्‌लाई १३६ रनको लक्ष्य दिएको हो।

विराटनगरका लागि शुभम रन्जाले सर्वाधिक ३८ रन बनाउँदा बसिर अहमदले ३५ र लोकेश बमले २८ रन बनाए । जनकपुरले १६ ओभरसम्म स्पीनल बलिङ गराएको थियो ।

जनकपुरका रुपशे सिंहले १२ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । यस्तै संगिथ कुरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । आदित्य माहताले १ विकेट लिए ।

 

प्रकाशित मिति: २०८२ मंसिर ९, सोमवार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको