प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै



काठमाडौं ,मंसिर ९ । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

 

प्रकाशित मिति: २०८२ मंसिर १०, मंगलवार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको