सप्तरी, मंसिर १० । रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनमतपार्टीले सप्तरीको सदरमुकाम राजविराजमा प्रभातफेरी आयोजना गरेको छ। फेरीको माध्यमबाट पार्टीले सबै प्रकारका सामाजिक विभेद, विशेष गरी जातीय तथा रंगभेदी भेदभाव अन्त्य गर्न नागरिकलाई सचेत गर्न उद्देश्य राखेको छ।
पार्टीका पदाधिकारीहरूले फेरीको सुरुमा पत्रकारसँग कुरा गर्दै रंगभेद समाजका लागि गम्भीर समस्या भएको उल्लेख गरेका थिए। उनीहरूले जनतामा समानता, न्याय र सामाजिक सद्भावको संदेश पु¥याउन प्रभातफेरी आयोजना गरिएको बताएका छन्।
फेरीमा सहभागीहरू तस्विर र सन्देशसहितका प्लेकार्ड बोकेर राजधानीको विभिन्न मार्ग हुँदै मार्च गर्दै थिए। सहभागीहरूले रंगभेदविरुद्धको प्रतिवद्धता व्यक्त गर्दै समावेशी समाज निर्माणमा सरकार र नागरिक दुवैको सक्रिय भूमिका आवश्यक भएको बताए।
जनमतपार्टीले फेरीका क्रममा ‘समानता, न्याय, सम्मान’ लगायतका नारा उच्चारण गर्दै नागरिकलाई चेतनामूलक सन्देश दिएको थियो। पार्टीका नेताहरूले आगामी दिनमा पनि रंगभेदविरुद्ध विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिने जानकारी दिए।

फेरीको क्रममा स्थानीय बासिन्दा र विद्यार्थीसमेत सहभागी भएका थिए। आयोजकहरूले भने, सामाजिक भेदभावमुक्त समाज निर्माणका लागि समुदाय, पार्टी र नागरिक सबैको साझा जिम्मेवारी रहेको बताए।







