जसपा मधेश प्रदेश अध्यक्ष यादवद्वारा पार्टी परित्याग



जनकपुरधाम, मंसिर ११। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टीको प्रदेश अध्यक्षसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले अबको राजनीतिक यात्रा प्रचण्ड–माधव समूहको नेकपा (नेपाली कम्युनिष्ट पार्टी) बाट अगाडि बढाउने घोषणा गरेका छन्।

बुधबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै उनले प्रदेश अध्यक्षको जिम्मेवारी र पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन्। वर्तमान राजनीतिक अवस्थामा मधेस र मधेसी जनताको विकास तथा अधिकारको रक्षा मधेस–केन्द्रित दलहरूबाट सम्भव नदेखिएको उनको दाबी छ।

सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै यादवले लेखेका छन्, “मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरी जसपासम्म आइपुग्दा सधैँ अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाएँ। जेल, मुद्दा र थुनासमेत भोगें। तर आजको अवस्थामा मधेसको विकास र अधिकार मधेस–केन्द्रित दलहरूबाट सम्भव नदेखेर पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा गर्दछु।”

यादवले आफू नेतृत्वमा रहेको सम्पूर्ण टोलीसमेत केही दिनभित्रै नेकपामा प्रवेश गर्ने जानकारी दिएका छन्।

 

प्रकाशित मिति: २०८२ मंसिर १२, बिहिवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको