तथाकथित उत्तराधिकारीको अवैध रकम उठाउने चाला



जनकपुरधाम, मंसिर ११ । जानकी मन्दिरका तथाकथिन उत्तराधिकारी महन्थ रामरोशन दास अवैध रुपमा रकम उठाउने गरेको पाइएको छ । जानकी मन्दिरको आयोजना वा कुनै सनातन धर्मको धार्मिक कार्यक्रम भए सवै ती कार्यक्रम तर्फ लाग्ने गरेका हुन्छन तर उनी अवैध रुपमा रकम उठाउने तिर लाग्ने गरेका पाइन्छ ।

जानकी चोकमा रहेको फुटपाथ लगाउने गरेको पसल होस वा सो क्षेत्रको सडकमा लगाउने ठेला सवैवाट उनी अवैध रुपमा रकम (बट्टी) उठाउने गरेका छन् । आफूलाई उत्तराधिकारी महन्थ भनाउन रुचाउने रोशन दास मन्दिरमा चढ्ने भेटीलाई समेत छाड्दैनन् । जानकी मन्दिरमा आउने श्रद्धालुहरुले पैसा नदिए सम्म उनीहरुको प्रसाद समेत चढाउन मान्दैनन् ।

प्रसाद संगै पैसा दिए तुरुन्त उनको प्रसाद चाढाइने गरिन्छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उनलाई उत्तराधिकारी नवनाए पनि उनी जालसासी कागजातहरु खडा गरेर गुठी संस्थानवाट उत्तराधिकारी महन्थको आइडी कार्ड बनाएर उत्तराधिकारी महन्थ रहेको दावी गर्दै हिडेका छन् ।

स्रोतका अनुसार गुठी संस्थानका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर उनले उत्तराधिकारी महन्थको आइडिकार्ड बनाएका छन् । सोही आडमा उनले जानकी मन्दिरबाट आर्थिक लाभ लिने गरेको पाइएको छ । जानकी मन्दिर भित्र रहेको म्युजियम, उत्तरपट्टि रहेको विवाहमण्डप तथा जानकी चोकको फुटपाथ सवैवाट उनी कमिसन खाने गरेका छन् ।

‘पैसा नभएको ठाउँमा रोशन वावा कहा खाडा हुन्छ’ स्रोतले भन्यो–‘रोशन दास बैष्णव भनेको पैसा नआउने ठाउँमा उभिदा पनि उभिदैन् ।’ जानकी मन्दिरलाई देश विदेशमा पहिचान दिलाउने ठाउँमा रोशन दासको बट्टि उठाउने चलाले बदनाम गराउने तिर लागेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: २०८२ मंसिर १२, बिहिवार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको