जनकपुरधाम, मंसिर १२ । जानकी मन्दिरका तथाकथित उत्तराधिकारी महन्त राम रोशन दासको अवैध कृयाकलापले मन्दिरको अस्मिता ध्वस्त हुँदै गएको छ । मन्दिरको नाममा अवैध बट्टि असुल गर्ने, मन्दिरका श्रीसम्पत्ति अवैध रुपमा बेचबिखिन गर्ने तथा मन्दिरको नाममा पैसा उठाउने तर मन्दिरमा खर्च नगर्ने जस्ता कृयाकलापले जानकी मन्दिर प्रति श्रद्धालु भक्तजनहरुमा अविश्वास पैदा हुन थालेको छ ।
जानकी मन्दिरमा दैनिक हजारौं भक्तजन दर्शन गर्ने गरेका छन् उनीहरुले चाढाएका भेटी समेत अहिले सम्म सार्वजनिक गरिएको छैन् ।
मन्दिरको नाममा तीन तहका सरकारले गर्ने गरेको खर्च समेत सार्वजनिक गरिँदैन् । जनकपुरधामकै छेउमा रहेको धनुषाधामको मन्दिरमा मकर मेलाको भेटी समेत सार्वजनिक गरिएको थियो । पशुपत्तिनाथ मन्दिर ट्रष्टमा रहेकै कारण मन्दिरको विकास गतिमा रहेको तथा म्यागदिको गलेश्वर नाथ मन्दिर जस्ता जस्ता मन्दिर ट्रष्टमै रहेका कारण सो मन्दिरहरुको प्रगति हुँदै गएको जानकारहरु बताउँछन् ।
तर, जानकी मन्दिरमा तथाकथित उत्तराधिकारी महन्थ रोशन दासले आफ्नो अलग दान पेटी राखेका छन् । त्यो दानपेटीमा आउने भेटी रोशन स्वयंमले खर्च गर्ने गरेका छन् । मन्दिरमा आउने श्रद्धालु भक्तजनले बढी पैसा दिँदा उनीहरुको व्यवहार र कम दिँदा उनीहरुको व्यवहारमा धेरैनै फरक हुने गरेको पाइन्छ ।
‘करोडौं सनातन धर्माबलम्वीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरलाई ट्रष्टमा नलगिए यस्ता यस्ता आइडिकार्ड होल्डर तथाकथित महन्त भनाउनेहरु यसरी नै मन्दिरको सम्पत्तिमा रजाइ गरिरहन्छ’ जनकपुरधामका युवा नेता नवीन यादव भन्छन् –‘म त विगत देखि नै जानकी मन्दिरलाई ट्रष्टमा लैजानुपर्ने माग उठाउँदै आएको छु तर, जानकी मन्दिरवाट जिवन जिविका चालाउनेहरु यसको बिरोध गर्दै आएका छन् ।’
जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनकालागि मन्दिरलाई ट्रष्टमा लैजानुपर्ने हुन्छ तर, मन्दिरका तथाकथित महन्त रोशन दास केही व्यक्तिलाई आफ्नो प्रभावमा पारेर यथास्थितिमा मन्दिरलाई राखेर रजाइ गर्न तिर लागेका छन् । मन्दिरलाई ट्रष्टमा नलगि मन्दिरको विश्व स्तरमा पहुँच हुन सकेको छैन् जसका कारण यहाँ विदेशी पर्यटकहरु आउन सकेका छैनन् ।
जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकी मन्दिरलाई विश्व स्तरमा पहिचान दिलाउनकालागि ट्रष्ट बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने–‘केही व्यक्ति विशेषका कारण हामी करोडौं सनातनीको भावना संग खेलवाड गर्दै छौं, विकास निर्माण निरन्तर चलिरहने हो तर आफ्नो जिवनमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने आफ्नो प्रवल इच्छा रहेको छ ।’
जनकपुरधामका प्रभावशाली युवा धर्मेन्द्र साहले पनि जानकी मन्दिरलाई ट्रष्टमा लैजानुको विकल्प नरहेको बताउँछन् । उनले जानकी मन्दिर करोडौं सनातनीको धर्मको आस्था रहेका तर केही व्यक्ति विशेषका कारण मन्दिरलाई विश्व स्तरमा पहिचान दिलाउन नसकिएको बताए । उनले भने–‘जानकी मन्दिरलाई ट्रष्टमा लगिनुबाट रोक्ने आफूलाई उत्तराधिकारी महन्थ भन्ने रोशन दास नै रहेका छन् , उनलाई लाग्छ जानकी मन्दिरलाई ट्रष्टमा लगिँदा महन्त हुनवाट बञ्चित गरिन्छ तर आफूहरु मन्दिरको परम्पराको विपरीत नजाने तयारीमा छौं ।’
रोशन दासले जानकी चोकमा रहेको फुटपाथ लगाउने गरेको पसल होस वा सो क्षेत्रको सडकमा लगाउने ठेला सवैवाट उनी अवैध रुपमा रकम (बट्टी) उठाउने गरेका छन् । आफूलाई उत्तराधिकारी महन्थ भनाउन रुचाउने रोशन दास मन्दिरमा चढ्ने भेटीलाई समेत छाड्दैनन् । जानकी मन्दिरकै छेउमा रहेको लक्ष्मण मन्दिरका करिव ११ वटा सटरको भाडा, जानकी मन्दिरमा रहेको म्युजियम, उत्तरपट्टि रहेको विवाहमण्डपवाट उठने मासिक लाखौं रुपैयाँ तथाकथित महन्त रोशन दासलेनै उठाउने गरेको स्रोतको दावी छ ।




