रौतहटमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिए ।



ओम प्रकाश यादव
रौतहट, मंसिर १२। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटले असोज १० देखि मंसिर ५ गतेसम्म संकलन भएको मतदाता नामावलीको तथ्यांक सार्वजनिक गर्दै नयाँ मतदाता दर्ता दर उल्लेखनीय रूपमा बढेको जनाएको छ।

कार्यालयका अनुसार उक्त अवधिमा जम्मा १६ हजार ८९६ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम अभिलेख गराएका छन्।

यसअन्तर्गत ६ हजार ७१६ जनाले कार्यालयमा प्रत्यक्ष उपस्थित भई नाम दर्ता गराएका छन् भने १० हजार १८० जनाले राष्ट्रिय परिचयपत्र मार्फत नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार प्रत्यक्ष रूपमा दर्ता गराउनेमध्ये ३ हजार ७३६ पुरुष, २ हजार ८५६ महिला रहेका छन्। यस्तै अन्य जिल्ला घर‘

प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको