बुद्ध एयरको जहाजमा चरा ठोक्कियो



काठमाडौं , मंसिर  १३ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।

उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।

जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ मंसिर १४, शनिवार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको