विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात



विराटनगर , मंसिर १३ । नेकपा एमाले को ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।

शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ ।

एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो ।

सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो ।

विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १४, शनिवार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको