रुकमिणी साह
जनकपुरधाम, मंसिर १३ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन सम्पन्न भएको छ।
महिला मानव अधिकार रक्षक संजाल मधेश प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा लैङ्गिक हिंसा प्रभावित देखी आफनो जीवनमा परिवर्तन ल्याएका महिलालाई सम्मान समेत गरिएको थियो ।
प्रेरणा महिला समूह, ओरेक, महिला मैत्रि समाज सहितको सहकार्यमा आयोजन गरिएको उक्त कार्यक्रममा महिला अधिकारकर्मीहरुको व्यापक सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अधिकारकर्मीहरुले विभिन्न कार्यक्रमहरुको आयोजन गरि मनाउदै आएको छ।






