गोरखा मा रोकिरहेको ठाउँबाट गुड्दा बस दुर्घटना



काठमाडौं , मंसिर  १४ । गोरखा बाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटना मा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो ।

रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए । घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १५, आइतवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको