केन्द्रीय समितिअघि खड्काले बोलाए पदाधिकारी बैठक



काठमाडौँ , मंसिर १५ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले मध्यान्ह पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेस गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन् ।

पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

 

प्रकाशित मिति: २०८२ मंसिर १६, सोमवार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको