जनकपुरधाम, मंसिर १५ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएको छ।
मुख्यमन्त्री नियुक्ति गैरसंवैधानिक ढंगले भएको दाबी गर्दै ७३ जना प्रदेशसभा सदस्यहरूद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
सर्वोच्चको निर्देशनअनुसार अब मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्नेछ।
विश्वासको मत प्राप्त भएमा उनी पदमा यथावत् रहनेछन्। तर, विश्वासको मत नआए अर्को विकल्प अघि बढाउन पनि अदालतले स्पष्ट निर्देश दिएको छ।
यस्तै, अदालतले प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) अनुसार संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ।




