कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने



काठमाडौं , मंसिर १५ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी २६ देखि २८ पुस सम्म गर्न प्रस्ताव गरिएको छ । डेढ महिनासम्म चलेको बैठकलाई बिट मार्दै सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।

बैठकमा सहभागी केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा हुने प्रस्ताव गरिएको छ ।



प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको