पुतिनको भारत यात्राअघि ठूलो रक्षा सम्झौता तयारी, रूसी संसदमा आज मतदान



एजेन्सी, मंसिर १६ । रूसी राष्ट्रपति भ्लादिमिर पुतिनको भारत भ्रमण अघि भारत–रुसबीच एक महत्वपूर्ण रक्षा समझौता पारित गर्ने तयारी तीव्र बनेको छ। मंगलबार रूसी संसदको तल्लो सदन ‘ड्यूमा’ ले भारतसँगको भारत-रूस पारस्परिक सहयोग आदान/प्रदान सम्झौता अनुमोदन गर्न मतदान गर्नेछ।

यो सम्झौताले दुबै देशबीचको सैन्य सहकार्य, संयुक्त अभ्यास, मानवीयरदुर्घटना राहत तथा अन्य सुरक्षा समन्वयलाई अझ सहज बनाउनेछ।

भारतका राजदूत विनय कुमार र तत्कालीन उप–रक्षामन्त्री अलेक्जेन्डर फोमिनले १८ फेब्रुअरी २०२५ मा मास्कोमा यी दस्ताबेजमा हस्ताक्षर गरेका थिए।

संसदीय निकायबाट स्वीकृति पाएपछि यो रक्षा सम्झौता पूर्ण रूपमा लागू हुनेछ।

रूसी राष्ट्रपति पुतिन आगामी गुरुवारदेखि भारतको दुईदिने औपचारिक भ्रमणमा आउनेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वार्षिक शिखर बैठकमा रक्षा, व्यापार, ऊर्जा र प्राविधिक साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौता वा घोषणा हुने अपेक्षा गरिएको छ।

भारतका पूर्व–राजदूत अजय मल्होत्राका अनुसार, “पुतिनको भारत यात्रा नै भारतको स्वतन्त्र परराष्ट्र नीतिको संकेत हो। यसले दुई देशबीचको दीर्घकालीन, विश्वासपूर्ण साझेदारी पुनः पुष्टि गर्छ।”

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको