जनकपुरधाम, मंसिर १६ । मुख्यमन्त्री सरोज कुमार यादव बुधवार दिउसो विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री यादवले आज पत्रकार सम्मेलनको आयोजना गरि सर्वोच्च अदालतको आदेश बमोजिम बुधबार दुई बजे विश्वासको मत लिने जनाएको छ ।
मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई लेखेको पत्र बाचन गर्दै सर्वोच्च अदालतबाट औपचारिक पत्र प्राप्त नभएपनि प्रदेश प्रमुखको कार्यालयबाट मंगलवार दिउसो ३ बजे प्राप्त पत्रको आधारमा विश्वासको मत लिने व्यवस्थाको लागि आग्रह गरेको जनाएका छन ।
विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनले आशा व्यक्त गरेका छन । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश भएको थियो




