एनपिएलमा आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै  



काठमाडौँ, मंसिर १७ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ( एनपिएल ) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

प्रकाशित मिति: २०८२ मंसिर १७, बुधबार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको