प्रदेशसभाको बैठक २ बजे सम्मको लागि स्थगित



जनकपुरधाम, मंसिर १७ । मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मतका लागि बोलाइएको प्रदेशसभाको बैठक २ बजे सम्मको लागि स्थगित भएको छ।

मुख्यमन्त्री सरोज कुमार यादवले दुई बजे विश्वासको मत लिने अडान लिएका कारण प्रदेशसभा बैठक स्थगित भएको हो ।

साढे ८ बजे बोलाइएको प्रदेशसभा बैठक साढे १० बजे शुरु भएको थियो । बैठक शुरु हुनसाथ बैठकको अध्यक्षता गरि रहेका उपसभामुख बबिता इस्सरले बैठकमा विश्वासको मत सम्बन्धि प्रस्तावक र समर्थक उपस्थित नभएकोले बैठक २ बजे सम्मको लागि स्थगित भएको जनाएको थियो ।

विश्वासको मतको लागि अब २ बजे प्रदेशसभा बैठक बस्ने छ ।

सर्वोच्च अदालतले २४ घण्टा भित्र मुख्यमन्त्रीलाई विश्वासको मत लिन र सो अवधीमा विश्वासको मत लिन नसके संविधानको धारा १६८को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आदेश गरेको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १८, बुधवार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको