उज्यालो नेपाल पार्टी आज प्रज्ञा–भवनमा घोषणा सभा गर्दै



काठमाडौँ, मंसिर १७ । कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीले आज राजधानीको प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा–भवन)मा आफ्नो घोषणा सभा गर्न लागेको छ। कार्यक्रम दिउँसो १ बजे सुरु हुने पार्टीले जनाएको छ।

अनुप उपाध्याय पार्टी संयोजक

हाल मन्त्री बहाल अवस्थाकै कारण कुलमान घिसिङ औपचारिक नेतृत्वमा नरहेका भए पनि पार्टीको संयोजन जिम्मेवारी भने पूर्वसचिव अनुप उपाध्यायले सम्हालेका छन्। उपाध्यायको नेतृत्वमा संरचना विस्तार भइरहेका बेला काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पनि पार्टीलाई समर्थन जनाउने बताइएको छ।

केही दिनअघि कुलमान घिसिङले बालेनसँगको तस्बिर सार्वजनिक गर्दै “देश बनाउन सँगै अघि बढ्ने” संकेत गरेका थिए।

निर्वाचन आयोगमा दर्ता भएको सूचीमा ५१ जना

यद्यपि, निर्वाचन आयोगमा दर्ता गराइएको ५१ सदस्यीय केन्द्रीय सूचीमा बालेन वा उनको टिमका सदस्यहरू समावेश छैनन्। आयोगमा पठाइएको सूचीमा पहिचान–आधारित राजनीतिमा सक्रिय महेन्द्र लावती, पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पा, तथा अभिनेत्री रीमा विश्वकर्मा लगायतका व्यक्तित्व समावेश छन्।

प्रकाशित मिति: २०८२ मंसिर १८, बुधवार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको