मोर्चा आबद्ध दलकै नेतृत्वमा सरकार गठन हुनु पर्छ : अनिल महासेठ



जनकपुरधाम, मंसिर १९ । राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठले संघीय लोकतान्त्रिक मोर्चा आबद्ध दलकै नेतृत्वमा मधेशमा सरकार गठन हुनु पर्ने बताएका छन ।

महासेठले आज समाजिक संजालमा लेख्दै मोर्चा आबद्ध दलको नेतृत्वमा सरकार गठन गर्दा जितेन्द्र सोनलनै स्वभाविक उम्मेदवार रहेको बताएका छन ।

उनले लेखेका छन ,‘ संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरुले आफनै पार्टी को नेतृत्वमा सरकार बनाउने काम गर्नु पर्छ! यसो गर्दा मा. जितेन्द्र सोनल जि स्वभाबिक उम्मेदवार हो नै ! उहा होइन भने पनि मोर्चाकै कुनै नेता वा दल को उम्मेदवार लाई मुख्यमन्त्री बनाउने काम गर्नु पर्छ!’

महासेठले मोर्चा आबद्ध दलको नेतृत्वमा सरकार गठन सम्भव नभए विपक्षमा बस्ने हिम्मत गर्न समेत आग्रह गरेका छन ।

प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको