मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णा यादव नियुक्त



जनकपुरधाम, मंसिर १९ । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा कृष्णा यादव नियुक्त भएका छन्। संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

यादवको नियुक्ति ६ दलीय गठबन्धनका ७७ जना सांसदको हस्ताक्षरसहित पेश गरिएको मुख्यमन्त्रीको दाबीको आधारमा भएको हो। राजनीतिक विश्लेषकहरूले यादवको नियुक्तिलाई ६ दलबीचको लामो समयको छलफल र सहमतिपछि स्थायीत्वतर्फको सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरेका छन्। उनी आगामी दिनमा प्रदेशको प्रशासनिक कार्य सञ्चालन गर्दै विकास र सुशासनतर्फ केन्द्रित नीति अघि बढाउने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री यादवले पद ग्रहणसँगै सरकारले प्रदेशभित्रका विकास परियोजना, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका कार्यक्रममा जोड दिने संकेत गरेका छन्। साथै, गठबन्धनको एकता कायम राख्दै प्रदेशको राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने पनि उनको प्राथमिकता रहने बताइएको छ।

प्रदेशको राजनीतिक हलचलपछि यो नियुक्ति प्रदेशवासीलाइ नयाँ सरकारप्रति अपेक्षा बढाएको छ। स्थानीय तहका नेतृत्व र जनप्रतिनिधिहरूले पनि नयाँ सरकारसँग सहकार्य गर्दै विकासका काममा तिव्रता ल्याउने आशा व्यक्त गरेका छन्।

यसरी मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीको नेतृत्वमा सरकारको पुनर्संरचना शुरु भएसँगै प्रदेशमा स्थायीत्व र विकासतर्फको यात्रा सुरु भएको बताइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रवार १७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको