जितेन्द्र सोनलको विकल्प छैन् : नेता यादव



जनकपुरधाम, मंसिर १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जितेन्द्र यादवले मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलको विकल्प नरहेको बताएका छन् । नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि सरकार बनाउने कसरतमा रहेका एमाले बाहेकका दलहरुमा कसको नेतृत्वमा सरकारमा जाने विषयको गहन छलफल चलि रहेको अवस्था नेता यादवले यस्तो अभिव्यक्ति दिएका छन् ।

दुई दिन देखि मधेश प्रदेशका मुख्यमन्त्रीकालागि जसपा, लोसपा लगायत विभिन्न ७ राजनीतिक दलहरुले कुन पार्टीको नेतृत्वमा मधेश सरकार गठन हुने बारेमा छलफल गर्दै आएका छन् । तर, जसपा नेपालले जितेन्द्र सोनल बाहेक अरुलाई स्वीकार गर्ने स्थिति नरहेको नेता यादवले दावी गरे । मधेश प्रदेशमा मधेशवादी दल बाहेक अरुलाई स्वीकार गर्ने स्थितिमा जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार रहेको उनले दावी गरे ।

‘मधेशमा मधेशबादी बाहेको विकल्प छैन्, जसपा नेपाल पतिपक्षीको भूमिका निर्वाह गर्छ’ उनले भने–‘हामी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन सक्छौं तर, नेतृत्व स्वीकार गर्ने स्थिति छैन् त्यसकोलागि हामीलाई प्रतिपक्षीकै भूमिका निर्वाह गर्नु पर्छ त्यसकोलागि हामी तयार छौं ।’ ३५ बर्ष सम्म शासन गरेर कांग्रेस र कम्युनिष्टले सुशासन ल्याउन नसकेको अवस्थामा फेरी उनीहरु माथिनै विश्वास गर्नु मधेशी जनतालाई ठग्नु बाहेक अरु केही नरहेको नेता यादवको दावी छ ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्–‘मधेश केन्द्रीत दलहरु बीचको एकतालाई प्रयास गर्दै संघीय लोकतान्त्रिक गठबन्धन को महत्वलाई ध्यानमा राखी ऐतिहासिक मधेश आन्दोलनको भावना अनुसार मधेश प्रदेशमा सरकारको नेतृत्वको आश्यकता छ अर्थात जसपा,नेपाल सरकारमा सहभागि हुनुको अर्थ एक सोचनीय विषय हुन सक्छ ।’

नेता यादवले आफ्नो पार्टीले मधेशी जनताको भावना विपरीत नजाने समेत टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको