जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र यादवले काँग्रेस र एमालेको अकर्मण्यताले जेनजी विद्रोह भएको बताएका छन ।
पार्टीद्वारा आज जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता यादवले काँग्रेस र एमालले मुलुकमा बढाएको भ्रष्टाचार र वेथितीका विरुद्ध युवा पुस्ता आन्दोलन गर्न बाध्य भएको बताए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेलीकप्टर चढेर भाग्नु परेको भन्दै नेता यादवले भदौ २३ र २४ को विषम परिस्थितिमा समेत प्रचण्ड र माधव नेपाल मात्र जनताको बिचमा रहेको दावी गरे ।
जेनजी विद्रोहले मुलुकलाई अर्बोको क्षति बेहर्नु परेको उल्लेख गर्दे अध्यक्ष यादवले उक्त घटनाको छानविन हुनु पर्ने बताए । नेता यादवले मुलुकको अग्रगामी निकासका लागि नेपाली कम्युनिष्ट पार्टी एकमात्र पार्टी रहेको दावी गर्दै समाजवाद र समान्ताका लागि एक जुट हुनु पर्ने बताए ।
काँग्रेस र कम्युनिष्टले मुलुकबाट संघीयता समाप्त पार्ने खेल खेली रहेको बताउदै मधेशी जनताको शहादतले प्राप्त संघीयताको रक्षा क्षेत्रीय पार्टीहरु हुन नसक्ने बताए ।




