नेकपाको एकता सन्देश सभा जनकपुरमा सम्पन्न, नयाँ क्रान्तिको नेतृत्व गर्ने नेताहरुको उद्घोष



जनकपुरधाम, मंसिर २० । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित विभिन्न १६ वटा दल र समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधामको एतिहासिक तिरहुतिया गाछीमा आयोजन गरिएको उक्त सभामा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्दै नयाँ क्रान्तिको नेतृत्व गर्ने दावी गरेका छन ।

उनिहरुले मुलुकलाई समाजवादको दिशामा डोर्याउने अभिभारा नेपाली कम्युनिष्ट पार्टीको काँधमा आएको उल्लेख गर्दै त्यसका लागि आउने हरेक समस्याको सामना गर्न आफुहरु तयार रहेको बताए ।

नेता महेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रमा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राजेन्द्र श्रेष्ठ सहितका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमको उदघोषण मातृका प्रसाद यादवले गरेका थिए ।

प्रकाशित मिति: २०८२ मंसिर २१, शनिवार १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको