जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ। पार्टी एकताको सन्देश प्रदेशभर फैलाउने उद्देश्यसहित आयोजना गरिएको सभामा ठूलो जनसमूहको सहभागिता रहने अपेक्षा गरिएको छ।
सभा जनकपुरको तिरहुतिया गाछीमा दिउँसोदेखि सुरु हुने कार्यक्रमका लागि सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा रहने छन् भने विशिष्ट अतिथिका रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु महिन्द्रा राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायतले सम्बोधन गर्ने तालिका छ ।
सभाको सम्पूर्ण तयारी पुरा भइ सकेको आयोजक समितिले जनाएको छ ।
प्रदेशस्तरीय उपस्थिति रहने यो कार्यक्रमले मधेसमा नेकपाको संगठनात्मक सन्देशलाई थप सुदृढ र सक्रिय बनाउने अपेक्षा गरिएको आयोजकहरूको भनाइ छ।






