समाजवाद छिट्टै आउछ, डंका बजाएरै आउछ : माधव नेपाल



जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने बताएका छन ।

जनकपुरधाममा आज आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले नेपालको लागि पूजिवादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

व्याप्त भ्रष्टाचार र बेथितीका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सह संयोजक नेपालले जेनजीहरुको जायज मांगलाई यथाशिघ्र सम्बोधन नगरिए पुनः अर्को विद्रोह हुन सक्ने बताए । उनले जेनजीको भरोषाको केन्द्र नै नेकपा बनेको दावी गर्दै देशभरिका जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए ।

उनले जेनजी जस्तै युवा , वृद्ध र महिला सबैलाई नेकपा प्रति विश्वास गर्न आग्रह समेत गरे ।

पाँचौ एकता सन्देश सभामा सहभागी हिुन जनकपुर आइ पुगेका नेता नेपालले अहिले सम्मको सभाहरुमा जनकपुरको सभा सबैभन्दा उत्कृट भएको दावी समेत गरे । उनले कृषि क्रान्ति र औद्योगिक क्रान्ति विना मधेशको विकास सम्भव नरहेको उल्लेख गर्दै नेकपाकै नेतृत्वमा नयाँ क्रान्ति अघि बढने बताए ।

प्रकाशित मिति: २०८२ मंसिर २१, शनिवार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको