मुख्यमन्त्री यादवको शपथ आज, मन्त्रालय भागबण्डामा सहमति



काठमाडौँ, मंसिर २१ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवको शपथ ग्रहण आज हुने भएको छ । शनिबार राति बसेको दलहरूबीचको विस्तृत छलफलपछि मन्त्रालय बाँडफाँडमा प्रारम्भिक सहमति बने संगै सपथको कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ।

सहमति अनुसार जसपा नेपाल सभामुखसहित तीन मन्त्रालय पाउने गरी सहमति भएको छ। त्यस्तै नेकपा (एस) र नेकपा माओवादी केन्द्र सहितको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि तीन मन्त्रालय दिने भएको छ ।

मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको नेपाली कांग्रेसले दुई मन्त्रालय जिम्मेवारीसँगै सरकार सञ्चालनको मुख्य भूमिकामा रहनेछ।

यस्तै जनमत पार्टी लाई पनि दुई मन्त्रालय दिने मोटामोटी सहमति बैठकमा गरिएको छ, भने लोसपा नेपाल लाई पनि सरकारमा समेट्दै दुई मन्त्रालय दिनुपर्ने धारणा दलहरूले पक्का गरेका छन्।

आज हुने शपथ ग्रहणपछि मन्त्रालयहरूको आधिकारिक सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको