बर्दिया घटनाको छानबिनका लागि समिति गठन



काठमाडौँ, मंसिर २१। बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएको भन्दै आत्महत्या गरेको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

समितिको संयोजक सहसचिव सुरेश पन्थी र सदस्य उपसचिव कुलशेखर अर्याल रहेका छन्। गृह मन्त्रालयले समितिलाई पाँच दिनभित्र निष्पक्ष र सत्यतथ्य प्रतिवेदन पेश गर्न आदेश दिएको छ।

प्रधानमन्त्री सुशिला कार्कीले पनि यस घटनाको सत्यतथ्य बुझ्न गृह मन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी छन्।

समितिले घटनाको पूर्ण छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको