काठमाडौँ, मंसिर २१ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो सिंहदरबार परिसरको अवलोकन गर्नेछिन्।
सिंहदरबारमा जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरूको निरीक्षण गर्ने कार्यतालिका तय भएको छ।
अवलोकनका क्रममा उनी प्रधानमन्त्री सुशील कार्कीसँग पनि भेटवार्ता गर्ने तयारीमा छन्।
निकट स्रोतका अनुसार, भेटवार्तामा सिंहदरबारको पुनर्निर्माण र संरक्षणसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




