सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० कायम, चाँदी महँगियो



काठमाडौँ , मंसिर २१ । आइतबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दै तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ थियो।

१० ग्राम सुनको मूल्य आइतबार २ लाख १६ हजार २२० रुपैयाँ तोकिएको छ।



यसैबीच चाँदीको मूल्य भने वृद्धि भएको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको