लेटाङ घटनाः १२ वर्षीया अंशु बलात्कारपछि हत्या



विराटनगर, मंसिर २१ । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतम बलात्कारपछि हत्या भएकी प्रमाणित भएको छ। मोरङ प्रहरीले घटना अनुसन्धान गरी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, दसैंपछि अंशु साथी युरिका महतारासँग खेलिरहेको बेला पदमले उनलाई जंगलमा लगेर बलात्कार र हत्या गरेका थिए। घटनापछि शव जंगलमा टुक्राटुक्रा अवस्थामा फेला परेको थियो।

प्रहरी प्रमुख एसपी कवित कटुवालले प्रारम्भिक अनुसन्धानमा यस अपराध यौन उद्देश्य, पारिवारिक विवाद र बदला भावनाले भएको पुष्टि भएको बताएका छन्।

अंशुको खोजी अभियानमा अभियुक्त स्वयं सक्रिय देखिएको भए पनि अनुसन्धानबाट उनको संलग्नता खुलेको थियो। शव फेला परेको जंगल क्षेत्रमा खोजी अपरेसन नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दासँग संयुक्त रूपमा सञ्चालन गरिएको थियो।

प्रहरीले डीएनए परीक्षण, सिसिटिभी फुटेज, फरेन्सिक प्रमाण र स्थल पुनर्निर्माणको आधारमा अनुसन्धान अघि बढाइरहेको छ।

अभियुक्त पदमलाई मंसिर १९ गते पक्राउ गरी मुद्दा दर्ताको तयारी भइरहेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको