मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने



जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

आज बसेको सत्ता साझेदार सातदलीय गठबन्धनको बैठकले २४ मंसिरमै विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।

नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।

साथै, उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने तयारी रहेको निकट स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको