काठमाडौँ, मंसिर २१ । जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रको सम्पत्ति दुई पार्टीबीच भागबन्डा गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच जिल्ला सदरमुकामस्थित भवन र भौतिक संरचना प्रयोगको सहमति भएको हो।
नेपाली कम्युनिष्ट पार्टीस् मुसिकोट–५, सेरिगाउँस्थित शहिद स्मृति प्रतिष्ठान र ईस्कन्द नर्मदा फाउण्डेशन परिसरभित्रका भवन प्रयोग गर्ने।
प्रगतिशील लोकतान्त्रिक पार्टीस् मुसिकोट–१, खलङ्गास्थित ईस्कन्द नर्मदा स्मृति फाउण्डेशनको नाममा रहेको भवन प्रयोग गर्ने।
सहमति आजदेखि लागू हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ। यो सहमति प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक गोर्खबहादुर केसी र नेपाली कम्युनिष्ट पार्टीका संयोजक गोविन्द रोकाबी बीच भएको हो।




