पोखरा विमानस्थल भ्रष्टाचार : प्रदीप अधिकारीसहित मुद्दा दर्ता तयारीमा



काठमाडौँ, मंसिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहितलाई मुद्दा दर्ता गर्ने तयारी अघि बढाएको छ।

अख्तियार स्रोतका अनुसार, संसदीय उपसमितिको सिफारिस र अनुसन्धान प्रक्रिया पूरा भएपछि मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो।

संसदीय उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उपसमितिले ठेक्का सम्झौतादेखि अनियमितता, लागत बढाएर अतिरिक्त भुक्तानी, रनवे निर्माणमा हिनामिना, कर छुट र परामर्श सेवा तथा इन्धन भण्डारणमा अनियमितता भएको ठहर गरेको थियो।

उपसमितिले महानिर्देशक प्रदीप अधिकारी, पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल, निर्देशकत्रय बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, ई। बाबुराम पौडेल, उपनिर्देशक ई। प्रवीण न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेललाई छानबिन गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको थियो।

प्रतिवेदन अनुसार प्रमुख अनियमितताहरूमा:

कर छुटमा २ अर्ब २२ करोड , एसी खरिदमा ९ करोड ६५ लाख ,नाली निर्माणमा १ अर्ब ३८ करोड ,ट्याक्सी रनवे माटो भर्ने दाबीमा २१ करोड ,अन्य भुक्तानी र परामर्शमा करिब ८ अर्ब २३ करोड अनियमित खर्च ।

यी सबै आधारमा अख्तियारले प्रहरी रिपोर्ट र संसदीय प्रतिवेदनको सिफारिस अनुसार प्रदीप अधिकारीसहितलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएर कारबाही अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको