काठमाडौं, २१ मंसिर । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका, तिङ्ग्राङखानीमा दुईवटा बस आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका छन्।
घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्याइएको छ। जोगिमारा प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य छ।
ठोक्किँदा केही यात्रु बसभित्र फसेका थिए, जसलाई झ्यालका सिसा फुटाएर उद्धार गरिएको थियो।
दुर्घटनाको विस्तृत विवरण अहिलेसम्म उपलब्ध भएको छैन।




