गोवाको नाइट क्लब आगलागीमा चार नेपालीसहित २५ को मृत्यु



काठमाडौं ,मंसिर २२ । भारतको गोवास्थित एक नाइट क्लबमा भएको भीषण आगलागीमा चार जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ। सोमबार हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतक सूचीमा चार नेपालीको नाम समावेश गरिएको हो।

आइतबार राति ब्रिच बाइ रोमियो लेन नामक नाइट क्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका नेपाली नागरिकसमेत छन्।

नेपालीहरूको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। घटनाको कारण के हो भन्नेबारे भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, सोमवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको