नेपाल जेसिजको ५२ औं राष्ट्रिय सम्मेलन जनकपुरधाममा



जनकपुरधाम, मंसिर २२ । नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा पुस ४ गतेदेखि पुस ७ गतेसम्म हुने जनाइएको छ । जनकपुर जेसिजको आयोजनामा नेपाल जेसिजको राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा हुन लागेको छ ।

जनकपुर जेजिसले आज विहान पत्रकार सम्मेलन गरी जनकपुरधाममा हुने जेसिजको ४ दिवसीय राष्ट्रिय सम्मेलनमा पहिलो दिन उदघाटन कार्यक्रम त्यसपछि बाँकी ३ दिन ओरेटरी कन्टेक्सट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीको आयोजनाका साथै नेपाल जेसिजले तय गरेका कार्यक्रमहरु हुने जनाएको छ । यसका साथै एसेम्बली मार्फत नै मतदान प्रकृयाबाट सन् २०२६का लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको जनकपुर जेसिजका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक सुधिर पजियारले जानकारी दिए ।

४ दिनसम्म चल्ने जेसिजको राष्ट्रिय सम्मेलनमा देशभरीको जेसिजको शाखाबाट ३ हजार बढीको सहभागिता रहनेछ । सम्मेलनमा ३ करोड बढीको खर्च हुने अनुमान गरिएको छ । जसमध्ये १ करोड २० लाख जनकपुरधाम आउने डेलिगेट्सबाट १ करोड २० लाख रुपैयाँ रजिष्ट्रेशनवापत उठाइने छ भने बाँकी खर्च प्रायोजकहरु मार्फत उठाइने जानकारी पजियारले दिए ।

जनकपुरधाममा हुने महाधिवेशनले जनकपुरधामको प्रचार प्रसार तथा पर्यटकहरुलाई जनकपुरधाम चिन्हाउने उत्तम अवसर रहेको जनकपुरधामबासीको बुझाई छ । कार्यक्रमलाई भव्यता दिन सम्पूर्ण जनकपुरधामबासी उत्साहित रहेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर २३, सोमवार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको