काठमाडौं,मंसिर २२ । प्रधानमन्त्री सुशीला कार्की ले आज दिउँसो ३ बजे दुर्गा प्रसाईंसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ। वार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बताइएको छ।
केही दिनअघि प्रधानमन्त्री कार्यालयले औपचारिक पत्रमार्फत प्रसाईंलाई २२ मंसिरका लागि छलफलमा बोलाएको थियो। प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले उक्त पत्र तयार पारी पठाएका थिए।
प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलपछि प्रसाईंसँग प्रत्यक्ष वार्ता गर्ने सहमति दिएका थिए। सहमति अनुसार आज वार्ता आयोजना गरिएको हो।
प्रसाईंले हालसालै सरकारविरुद्ध आन्दोलन केन्द्रित गरेका थिए र केही दिनअघि पक्राउ परेका थिए। उनका समर्थक र निकट व्यक्तिहरूसँगको छलफलपछि उनी वार्ता गर्न तयार भएको बताइएको छ।

आन्दोलन अघि प्रसाईंले सरकारलाई २७ बुँदे माग पनि प्रस्तुत गरेका थिए। वार्ता मार्फत उनी सरकारसँग उठाइएका माग र आन्दोलनका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्की र प्रसाईंबीचको वार्ता राजनीतिक तनावलाई कम गर्न र संवेदनशील परिस्थितिमा उचित निकास निकाल्न महत्वपूर्ण ठानिएको छ। यस बैठकले भविष्यमा आन्दोलन र सरकारबीचको संवादमा मार्गनिर्देशन गर्ने अनुमान गरिएको छ।








