देशलाई अब प्रभु साहको आवश्यकता छ, प्रभु बिना देश बन्दैन : ऋषि धमला



ओम प्रकाश यादव
रौतहट, मंसिर २२। चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई देश निर्माणको अनिवार्य पात्र भन्दै उनको नेतृत्वबिना देशले अपेक्षित प्रगति हासिल गर्न नसक्ने बताएका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका–७, नयाँबस्तीमा आम जनता पार्टीले आयोजना गरेको रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पत्रकार धमलाले आगामी चुनावमा प्रभु साहको पार्टीलाई बहुमत दिएर विजयी बनाउन सर्वसाधारणसँग आग्रह गरे।

ऋषि धमलाले देशको राजनीतिक अपूर्णता, विकासको सुस्त गति र मधेशको आवाजलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा राख्न सक्ने नेतृत्व आज पनि प्रभु साहमै केन्द्रित रहेको बताएका छन्।

उनले साहजस्तो दृढ, इमानदार र निर्णयक्षम नेता नआएसम्म देशले वास्तविक समृद्धिको यात्रा थाल्न नसक्ने दाबी गरे।

धमलाले मधेशको आवाज अझै केन्द्रमा प्रभावकारी ढंगले नपुगेकाले देश विकासमा अवरोधिएको उल्लेख गर्दै भने ूजबसम्म मधेशबाट कुनै प्रभावशाली मधेशी नेता प्रधानमन्त्री हुँदैन, तबसम्म देशको विकास असम्भव जस्तै देखिन्छ।ू

उनले मधेशी नेतामध्ये देशलाई समृद्धिको दिशामा डोहोर्याउने क्षमता केवल प्रभु साहमा रहेको दाबी गर्दै जनताले उनलाई प्रधानमन्त्रीको रूपमा हेर्नुपर्ने धारणा राखे।

उनले भने, “देश निर्माण केवल भाषणले सम्भव हुँदैन, दृढ नेतृत्व चाहिन्छ। प्रभु साह बिना देशले ठोस रूपान्तरणको बाटो समात्न सक्दैन।”

धमलाले मधेशी समुदायको योगदान र पीडालाई राष्ट्रिय मूलधारमा ल्याउन मधेशबाटै प्रभावशाली नेता प्रधानमन्त्री बन्न अपरिहार्य रहेको बताए।

उनका अनुसार, दशकौँदेखि राजनीतिक शक्तिहरूले मधेशको जनभावना, अधिकार र आवश्यकता बुझ्ने नेतालाई निर्णय–केन्द्रमा स्थापित गर्न असफल भएपछि विकास थन्किएको छ।

उनले भने, ूजबसम्म मधेशको आत्मा मन्त्रालयदेखि प्रधानमन्त्रीका निर्णय कक्षसम्म पुग्दैन, तबसम्म देश विकासको वास्तविक आधार खडा हुँदैन। मधेशी नेतामध्ये यस्तो क्षमता, अनुभव र जिजिविषा केवल प्रभु साहमा देखिन्छ।”

धमलाले पछिल्लो समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक–पटक देशको नेतृत्व गरे पनि मुलुकको समग्र विकासमा ठोस प्रगति देखिन नसकेको टिप्पणी गरे।

भेलामा सहभागी स्थानीय नेताहरू तथा सर्वसाधारणले पनि प्रभु साहको नेतृत्वलाई मधेश र देश दुवैको हितका लागि अपरिहार्य रहेको बताएका थिए।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको