कांग्रेस कार्यवाहक सभापति खड्का र महामन्त्रीहरूले ७७ जिल्ला सभापतिसँग छलफल गर्ने



काठमाडौं ,मंसिर २३ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माले बुधबार ७७ जिल्ला सभापतिहरूसँग भर्चुअल रूपमा छलफल गर्ने कार्यक्रम तय भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कार्यक्रम बुधबार बिहान ८ बजेबाट सुरु हुनेछ। छलफलमा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, राष्ट्रिय सभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस लगायतका विभिन्न विषयमा संवाद हुनेछ।

कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन पुस २६–२८ गतेसम्म सम्पन्न गर्ने तालिका बनाइसकेको छ। यसअघि पुस १६ देखि वडा अधिवेशन सुरु हुनेछन्। महाधिवेशनमा सहभागिता सुनिश्चित गर्न क्रियाशील सदस्यताको प्रक्रिया पूरा गरेर निर्वाचन समितिमा बुझाइसक्नु पर्नेछ।

प्रकाशित मिति: २०८२ मंसिर २४, मंगलवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको