एमाले महाधिवेशन : ४० वर्षमुनिका युवाहरू पहिलोपटक केन्द्रीय सदस्यमा डेब्यु गर्न तयार



काठमाडौं ,मंसिर २३ । नेकपा एमाले को ११औँ महाधिवेशन अब पाँच दिनमा सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्यानल प्रतिस्पर्धा हुने भएको छ।

महाधिवेशनमा ४० वर्षमुनिका युवाहरूको लागि विशेष कोटा छुट्याइएको छ। प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना ४० वर्षमुनि प्रतिनिधि चयन भएको छ। पार्टीको विधानअनुसार केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न सदस्यता, अनुभव र पदाधिकारी मापदण्ड पूरा गर्नुपर्ने हुँदा केही युवाहरू प्रतियोगिताबाट वञ्चित हुने सम्भावना छ।

यस महाधिवेशनबाट २५ जना ४० वर्षमुनिका युवा पहिलोपटक एमालेको केन्द्रीय सदस्य बन्ने तयारीमा छन्।

उल्लेखनीय युवा नेताहरूमा अखिलका पूर्वउपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, निवर्तमान उपाध्यक्ष धर्म गिरी, नरेश रोकाया, बम बहादुर बम, मोती विक, तीर्थ भट्टराई लगायत रहेका छन्।

प्रदेश र जिल्लाबाट पनि युवाहरू प्रतिस्पर्धा गर्दैछन्। सुदूरपश्चिमबाट गोविन्द गिरी, नरेश रोकाया, बम बहादुर बम, मोती विक, तीर्थ भट्टराई, कर्णालीबाट तपेन्द्र शाही, दानसिं परियार, सुशील थापा, दैलेखकी उपमेयर कल्पना थापा, लुम्बिनी प्रदेशबाट लीलामणि गौतम, रुपन्देहीबाट बालकृष्ण पाण्डे, गण्डकी प्रदेशबाट प्रकाश पौडेल, विमल लामिछाने, हीरालाल विश्वकर्मा, नवराज ओझा, बागमती र उपत्यका प्रदेशबाट सुदर्शन शिवाकोटी, जेनिश लामा, कल्पना वाइबा, कोशीबाट सुहाङ नेम्वाङ, सुनसरीबाट केशव रिमाल, मधेसबाट राधिका खतिवडा युवाहरूको नाम उल्लेखनीय छन्।

पूर्वअध्यक्ष समिक बडाल पनि ४० वर्ष कटिसकेका भए पनि पहिलोपटक केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। युवा संघ र प्रेस चौतारी नेपालका पूर्वअध्यक्षहरू पनि पहिलोपटक केन्द्रीय सदस्य बन्ने तयारीमा छन्।

एमाले महाधिवेशनबाट युवाहरूको केन्द्रीय सदस्यमा डेब्यु हुनु युवा नेताहरूका लागि पार्टी नेतृत्वमा अग्रसर हुने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २४, मंगलवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको