अन्ततः प्रधानन्यायधिशले लगाए पाग



जनकपुरधाम, मंसिर २४ । मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएनद्वारा आयोजित मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय गोष्ठीमा प्रधानन्यायधिश प्रकाशमान सिंह राउतले अन्ततः पाग लगाएका छन ।

प्रमुख अतिथि राउतले आयोजकले स्वागत गर्दै पाग र खादा दिएका थिए । तर प्रधानन्यायधिश राउतले खादा लगाएपनि पाग अंगरक्षक मार्फत गाडीमा राख्न लगाएका छन ।

सबै अथितिले नेपाली टोपी झिकी पाग लगाएपनि प्रधानन्यायधिशले पाग नलगाई गाडीमा पठाउदा मंचमै कानाखुशी हुन थालेपछि उनले गाडी फिर्ता मंगाएर पाग लगाएका छन ।

स्वागत मन्तव्यको क्रममा जनकपुर बारका अध्यक्ष विमल मिश्रले सर्वोच्च अदालत र नेपाल बार सहयोगी नरहेको गुनासो गरि रहदा प्रधानन्यायाधिश गम्भीर भएर सुनेका थिए । मिश्रको स्वागत मन्तव्य पछि प्रधानन्यायधिश राउत पाग फिर्ता मंगाएर लगाएका छन ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बुधवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको